तेजाब प्रहारबाट पिडीत युवती थप उपचारका लागि काठमाडौँ रेफर



पर्सा। तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौँ रेफर गरिएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएकोे संसादले बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्