इस्लिङटनमा सुचना प्रविधि सम्बन्धी प्रदर्शनी



न्युज अफ नेपाल, काठमाडौं । कमलपोखरी स्थित इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सुचना प्रविध सम्बन्धी प्रदर्शनी गरेका छन् ।

सुचना प्रविधि विषयमा पहिचान कमाउन सफल सो कलेजले सुचना प्रविधिमा स्नातक अन्तिम वर्ष सकेका विद्यार्थीले प्रदर्शनी गरेका छन् । गत वर्ष प्रस्तुत गरीएका ३ सय परियोजनाबाट छनौट गरिएको उत्कृष्ठ ३४ परियोजनाको प्रस्तुती गरिएको थियो ।

अन्तिम वर्षको परियोजना सोकेसमा रोजगार प्रदायक विभिन्न बैक,बित्तिय संस्था र विभिन्न कम्पनीका एचआर, सुचना प्रविधि प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सोकेस प्रदर्शनीमा एनआइसी एसिया, प्राइम, माछापुच्छ«े बैक, फ्युज मेशिन्स, कन्भर्स–३, दृष्टी टेक, इन्फोडेभलपर, कान्तिपुर, नयाँपत्रिका गृह विभिन्न विभागका प्रमुखले परियोजना अवलोकन गरेका थिए । विद्यार्थीले सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ, साइवर सेक्युरिटी, एनिमेशन, आर्टि्फिसियल इन्टलिजेन्स लगायत एक दर्जन विषयको परियोजना तयार गरेका थिए ।

‘नेपाललाई सुहाउँदो उत्कृष्ठ परियोजनाको सोकेस तयारी गरी प्रदर्शन गरेको जानकारी गराउदै कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढोथोकीले इस्लिङटनमा सुचना प्रविधि विषय लिएर अध्ययन गरेका विद्यार्थीको पौखरलाई सार्वजनीक गर्न प्रदर्शनी आयोजना गरेको बताउनुभयो ।

प्रदर्शनीमा मेडिकल ड्रोन, स्मार्ट डस्टविन, सवारी साधनको नम्बरप्लेट रिडर, पानीको स्वच्छता मापन गर्ने लगायतका परियोजना तयार गरेका थिए । बुधबार कलेज परिसरमा आयोजित प्रदर्शनीमा करिब ३ हजार विद्यार्थीले अवलोकन गरेको कलेजले जनाएको छ ।

सो कलेजमा सुचना प्रविधि विषयको तीन वर्र्षे कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्ड आइटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजी विषयको कोर्ष संचालन भैरहेको छ । इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेक कलेजको दाबी छ ।

सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बाट संबन्धन लिएको कलेज हो ।

प्रतिक्रिया दिनुहोस्