‘मेरो घर ठेगाना पत्ता लगाईदिनुस्’



नेपाल समाचारपत्र, काभ्रे ।

तस्वीरमा देखिएका यी व्यक्ति बनेपा चारदोबाटो अवस्थित एक होटलमा काम गर्छन । सुकान्त शर्मा नाम बताउने यी व्यक्ति करिब २३ वर्ष देखि बनेपामा छन् ।
आफ्नो घर ठेगाना पत्ता लगाउन मिडिया गुहार्दै हिड्ेका सुकान्तलाई बाल्यकाल अलिअलि याद छ ।

आफ्नो गाउको नाम कोलपटा भन्ने गरेको याद गर्दै उनी भन्छन– मेरो गाउ नजिकैको ठाउलाई ढुंगेरागाउ भन्थ्ये । घरभन्दा नजिकै विद्यालयमा २ कक्षा सम्म पढेको बताउने सुकान्तलाई विद्यालयको नाम पनि याद छैन । ५/६ वर्षको उमेरमा विद्यालय गएको बताउदै स्कुलको नाम वेदडाडा स्कुल भन्ने गरेको बताउछन् । त्यो स्कुलमा ५ कक्षा सम्म पढाईहुने र शिक्षकहरुले नेपालीमा पढाएको याद छ ।

७/८ वर्षको उमेरमा आफ्नो बुबाले इन्डियामा लगेर होटलमा भाडा माझ्ने काम लगाइदिएको बताउने सुकान्त आफुलाई भारतको कुन ठाउमा ल्याएको हो भन्ने याद नभएको बताउछन् । भारतमा ६÷७ वर्ष काम गरेपछि त्यहा रहेका नेपालीहरु संगै घर ठेगाना खोज्न नेपाल आएपछि अहिले सम्म बनेपामै छन् ।

बुबाको नाम वुद्धिप्रसाद शर्मा, आमाको नाम भिमा शर्मा, भाईको नाम मोतिलाल शर्मा र बहिनीको नाम दमकला शर्मा बताउने सुकान्तलाई छरछिमेक तथा अन्य ईष्टमित्रको नाम थाहा नभएको बताउछन् । उनको स्मरणमा सन् १९८६ तिर इन्डिया गएको हो ।

बच्चामा मामाघर पनि गएको बताएपनि उनले मामाघरको ठेगाना याद नभएको बताउछन् । घरबाट एक÷दुई घण्टाको दुरीमा मामा घर थियो । जंगल र पहाडको बाटो हिड्नुपर्ने थियो भन्दै आफ्नो गाउभन्दा टाढाटाढा रहेको खोलामा झुलुङ्गे पुल पनि रहेको सम्झना आउने बताउछन् । मामाघर जादा झुलुङ्गेपुल तरेर जानुपथ्र्यो ।

उनले काम गरेको होटलका साहुले न्युज अफ नेपाललाई जानकारी दिए अनुसार सुकान्त २२/२३ वर्ष अघि बनेपामा आएका हुन । ै पछि ४/५ वर्ष बाहिर गएर फेरी आएका हुन । सुकान्तले जानकारी दिए अनुसार भुकम्प जानुभन्दा अगाडी पुनः भारतमा ४/५ वर्ष काम गरेर फेरी बनेपाकै होटलमा आएको हुँ । चाढबाढको बेलामा पनि साहुले बाहिर जान नदिएपछि घरजान्छु भनेर ढाटेर इन्डियामा केहि वर्ष बसेर आएको सुकान्त बताउछन् ।

प्रतिक्रिया दिनुहोस्