धादिङको छत्रे देउराली-काठमाडौं सडक अवरुद्ध, सधैँको समस्या



छत्रे देउराली, धादिङ । धादिङको छत्रे देउराली देखि काठमाडौं जोड्ने सडकखण्ड पहिरोका कारण वर्षेनी अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा राजधानी काठमाडौं आवत जावत गर्न निकै अफ्ठयारो हुने गरेको स्थानीयले बताएका छन् । भौगोलिक बनोटमा थानकोटबाट मात्रै चार किलोमिटर सडक दूरीमा रहेको उक्त गाउँ राजनितिक र आर्थिक रुपमा पिछडिएको छ ।

सडक मर्मतका लागि पटक-पटक स्थानीय तह र जिल्ला समन्वय समितिलाई खबर गर्दा पनि सरकारी संयन्त्रले वेवास्था गर्ने गरेको एक स्थानीयले बताए ।

उनले भने, ‘यो समस्या अहिलेको मात्रै होइन, यो हामीले वर्षेनी खेप्दै आएको समस्या हो । अब सरकारले नै वेवास्था गरेपछि हामी कहाँ जाने ।’

सधैँ खोक्रा भाषण गर्ने राजनितिकर्मीले समाजिक सुरक्षा र समाज विकासको बारेमा बोल्ने तर गाउँलेलाई सामाजिक सुरक्षा र विकासको प्रत्याभुती गराउन अक्षम बनेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्