अर्चलबोट र लालिगुराँस फाइनलमा



पोखरा, (नेस)।पोखराको नदीपुरस्थित कर्पाकेली समाज घर खेल मैदानमा जारी दोस्रो क्लबस्तरीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुष भेट्रान्सतर्फको फाइनलमा अर्चलबोट र लालीगुराँस फाइनल प्रवेश गरेका छन्।

बिहीबार भएको सेमिफाइनल खेलमा अर्चलबोटले घान्द्रुक ‘बी’ लाई ३–० को सोझो सेटमा हरायो।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा लालीगुराँसले घारीपाटनलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्