एआईए र एसियन क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।एआईए र एसियन पब्लिक १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एआईएले स्वप्न वाटिकालाई ३३–२६ ले पराजित गर्यो। एआईएको जितमा कविन मगरले १३ अंक योगदान गरे। नरेन्द्रको १२ अंक सहयोगमा एसियनले अक्सिडेन्टललाई ४७–२७ ले हरायो।

सिनियर ब्वाइजमै न्यु समिटले केईएसलाई ६५–४४, काठमाडौं जेभियरले सेवा सदनलाई ४६–१७, हेम्सले मैतिदेवीलाई २८–१४, सेन्ट पाउले न्यु डन बस्कोलाई २७–१६, स्पाङ्गेलले लिटिल फ्लावरलाई ३३–१० र चैतन्यले सूर्योदयलाई १७–१३ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

न्यु समिटका शशांक मगरले ४०, काठमाडौं जेभियरका रोहन दासले २०, हेम्सका प्रवेश गुरुङले ५, सेन्ट पाउलका सिभेन थापा मगरले ११, स्पाङ्गेलका रोहित बलामीले ११ र चैतन्यका समीर लम्सालले ८ स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्