सेजनको कार्यसमितिलाई परिसंघद्वारा स्वागत



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को हालै सम्पन्न २० औं साधारण सभाबाट निर्वाचित सेजन कार्यसमितिलाई बधाइ तथा स्वागत गरेको छ।

बिहीबार परिसंघमा आयोजित कार्यक्रममा सेजनको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको हो।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल उद्योग परिसंघ र नेपाल नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक तथा औद्योगिक विकासका लागि विगत समयदेखि नै हातेमालो गर्दैआएको स्मरण गर्दै नयाँ कार्य समितिसँग थप सहकार्यका लागि तयार रहेको बताउनुभयो।

अध्यक्ष मोरले कतिपय नयाँ कानुनी व्यवस्था तथा सम्वादको कमीले लगानी तथा व्यापारका क्षेत्रमा समस्या बढ्दै गएकाले आर्थिक पत्रकारहरूसँगको सहकार्यले समाधानमा सकारात्मक पहल हुने विश्वास समेत व्यक्त गर्नुभयो।

सो अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष भिमप्रसाद गौतमले नीतिगत विषयमा आपसी अन्तक्र्रिया बढाएर आर्थिक विकास तथा व्यवसायीक वातावरण बनाउन थप सहकार्य गर्न सकिने बताउनु भयो।

 

प्रतिक्रिया दिनुहोस्