सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने



नेपाल समाचारपत्र, काठमाडौं। यती एअरलाइन्सले सगरमाथाको फोहोर संकलन कार्य शुरु गरेको छ।३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको छ। सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा सो कार्य गरिएको हो।

पर्वतारोहण र पदयात्राजस्ता गतिविधिबाट उत्पन्नभएको नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को शुरुआत १७ मार्च २०१८ बाट भएको थियो। हालसम्म ४५ टन पुनःप्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहर संकलन गरिसकेको छ। दीगो विकास लक्ष्य अन्तर्गत जैविक विविधता संरक्षण जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धता स्वरुप सो कार्य गरिएको थियो।

यती एअरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनःप्रयोग गर्न मिल्ने फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ल्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो। यसकालागि सेप्टेम्बर २०१९ मा ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको छ।

सगरमाथा सफाइअभियानका साझेदार संस्थाहरू सगरमाथा प्रदुषण नियन्त्रण समिति, हिमालयक्लबलुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकालेसगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गर्नेछन्। यसरी संकलन भएको फोहर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ।

यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्नेछ।संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरण लगायत हुन्छन्। यी वस्तुहरूलाई ‘रिसाइकल’ गरी धातुका भाडाकँुडा र निर्माण सामग्रीमा परिणत गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्