बुर्का लगाउनेहरू बैंक लुटेराजस्तो लाग्छ ः जोनसन

टिप्पणीको व्यापक आलोचना



लन्डन, (एजेन्सी)।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको बुर्का लगाउने विषयमा दिएको बयानलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

जोनसनले बुर्काको तुलना गर्दै बुर्का लगाएका महिला कुनै बैंक लुटेरा वा लेटर बक्स जस्तो लाग्ने बताएका थिए। उनको उक्त बयानलाई लिएर विपक्षी सांसदहरूले व्यापक आलोचना गरेका छन्। तर यसको जवाफमा बेलायतका प्रधानमन्त्रीले आफूले आधुनिक बेलायतको प्रतिनिधित्व गर्ने बताए।

दक्षिणपन्थी झुकावका लागि चर्चित जोनसन आफ्ना कट्टरपन्थी बयानका लागि समर्थकबीच विशेष लोकप्रिय छन्। जोनसनले बुर्काको तुलना गर्दै भने– ‘बुर्का लगाएकी महिला बिल्कुल लेटर बक्सजस्तो देखिन्छन् वा कुनै बैंक लुट्नका लागि निस्केका लुटेरा जस्तो देखिन्छन्।

जोनसनको यस बयानलाई लिएर व्यापक आलोचना भइरहेको छ र यसलाई नस्लवादी टिप्पणी भएको प्रतिक्रिया आइरहेका छन्। जोनसनले यस बयानलाई लिएर अहिलेसम्म कुनै खेद प्रकट गरेको छैन। लेबर पार्टीका सांसदहरूले माफी मार्ग गरेको मागलाई पनि उनले पुरै बेवास्ता गरेका छन्।

लेबर पार्टीका सिख सांसद तमनजित सिंह ढेसीले प्रधानमन्त्रीको उक्त बयानलाई लिएर आपत्तिजनक र रंगभेदलाई प्रोत्साहन गर्ने खालको भएको बताए।

उनले भने– ‘यदि मैले पगडी लगाउने फैसला गरेँर तपाईंले क्रस लगाउने। कसैले बुर्का वा हिजाब लगाउन चयन गर्छ भने कसैको व्यक्तित्वमाथि आपत्तिजनक र अभद्र टिप्पणी गर्नु यस सदनका सम्मानित सदस्यहरूको अधिकार हो ?

लेबर पार्टीका सिख सांसदले सदनमा दिएको उक्त प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा मानिसहरूले व्यापक सराहना गरेका छन्। बेलायतका प्रधानमन्त्री त्यसपछि जवाफ दिन उठे।

उनले भने– ‘लेबर पार्टीका सदस्य मलाई माफी माग्न माग गरिरहेका छन्, तर म भन्न चाहन्छु र गर्वका साथ भन्न चाहन्छु की मेरो क्याबिनेट अहिलेसम्मको बेलायती इतिहासमा सबैभन्दा विधिधताले भरेको क्याबिनेट हो। म र मेरो क्याबिनेट मोर्डन बेलायतको प्रतिनिधित्व गर्छ।

अक्टोबरमा मध्यावधी चुनावको प्रस्ताव

प्रधानमन्त्री जोनसनले अक्टोबर १५ मा देशमा मध्यावधी चुनाव गराउने प्रस्ताव ल्याएका छन्। उनले लेबर पार्टीका आफ्ना प्रतिद्वन्द्वी जेरेमी कार्बिनलाई चुनावका पक्षमा मतदान गर्न चुनौती दिएका छन्।

जोनसनले बुधबार संसद्मा चर्को बहसका क्रममा जोनसनले यदि सरकारको ब्रेक्जिट रणनीतिविरुद्ध उक मस्यौदा कानुनको पक्षमा कोर्बिनले मतदान गर्न सक्छ भने उनले यस देशका जनताको आफ्नो दृष्टिकोण राख्ने अनुमति दिनका लागि चुनावको पनि समर्थन गर्नुपर्नेछ।

जोनसन बुधबार संसद् नयाँब्रेक्जिट नीतिका तर्फ बढेको देखिए। यसअघि उनले कुनै पनि मूल्यमा आगामी महिना बेलायतलाई युरोपेली युनियनबाट निकाल्ने प्रतिबद्धता गरेका थिए। यस सम्बन्धि प्रस्तावलाई लिएर संसद्मा भएको मतदानमा उनले पराजय भोग्नुपरेको थियो।

कन्जरभेटिव पार्टीका नेता जोनसनले यदि उनीविरुद्ध मतदान भएमा र बे्रक्जिटका लागि थप तीन महिना माग्नका लागि बाध्य पार्छ भने आफूले अक्टोबर १५ मा मध्यावधी चुनाव गराउने बताएका थिए।

उनले भने– ‘तर म यस्तो हुन दिन्न। अक्टोबर ३१ मा सम्झौतासहित वा बिनासम्झौता बेलायत युरोपेली संघबाट बाहिर ल्याउने उनको धम्कीले युरोपेली संघका २७ अन्य देशका नेताहरूलाई राम्रो सर्तमा सहमत पार्नका लागि बाध्य पार्न सकिने उनको तर्क रहेको छ।

उनका आलोचकहरूले जोनसन आगोसँग खेलिरहेको बताएका छन्। किनभने आर्थिक क्षतिका बीच बेलायतलाई अलग गर्नुले उसको आफ्ना छिमेकीसँग चल्दै आइरहेको करिब आधा शताब्दी पुरानो सम्बन्धलाई नोक्सान पुग्न सक्छ। मंगलबार जोनसनको प्रस्तावमा संसद्मा बहसकै क्रममा सत्तारुढ दलका सांसद विपक्ष खेमामा गएर बसेका थिए।

 

प्रतिक्रिया दिनुहोस्