एनआरएन स्पेन चुनाव: प्रचारप्रसारसँगै तीव्र प्रतिस्पर्धा



दीपेन्द्र गजुरेल, स्पेन।एनआरएनए स्पेनको आसन्न छैठौं अधिवेशनले स्पेनमा रहेका नेपालीबीच चुनावको रौनकले छोएको छ। सेप्टेम्बरको दोस्रो साता हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा दिनेश गुरुङ (देउकाजी) र पेशलकुमार कोइरालाबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

गुरुङले एनआरएनए स्पेनको पूर्वमहासचिव तथा विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गरेको अनुभवसहित आफ्नो कार्ययोजनाअनुसार अध्यक्षमा दाबी गर्नुभएको छ।

यस्तै कोइराला एनआरएनए स्पेनको कोषाध्यक्ष तथा वर्तमान कार्यसमिति उपाध्यक्ष एवम् नेपाली जनसम्पर्क समिति स्पेनबाट सर्वसम्मत प्रस्तावित अध्यक्ष उमेदवार हुनुहुन्छ।

भट्ट खेलकुद क्षेत्रका प्रख्यात मार्सलआर्टको प्रशिक्षण तथा विश्व च्याम्पियनसिप खेलेका
राष्ट्रिय खेलाडीसमेत हुनुहुन्छ।

यसैगरी एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति सदस्यमा दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको समितिले जनाएको छ। जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्ष तथा कंग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका संघका वर्तमान अध्यक्ष चिन्तामणि सापकोटाकोसमेतको दाबी रहेको छ।

यस्तै वर्तमान कार्यसमिति उपाध्यक्ष तथा समाजसेवी सुनिल रानाभाट र एनआरएनए पूर्वउपाध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य प्रकाश तिमिल्सिनाको गरी तीन जनाको उम्मेदवारी परेको छ।

संघका अध्यक्ष सापकोटा र तिमिल्सिनाबीचको मतभेदका कारण नेपाली कंग्रेसको भातृ संगठन जनसम्पर्क समिति स्पेनको आधिकारिक उम्मेदवार तिमिल्सिना हुन् भने सापकोटा अल्पमतमा परेका उमेदवार हुन्। नेपालमा विनाशकारी भूकम्पको समयमा स्पेनबाट पहिलो पटक रानाभाट गोरखाको बारपार्क पुगेर एक दिन आफै खटिएर सेवा गर्नुभएको थियो।

यसैगरी खुल्ला दुई उपाध्यक्षका लागि उत्तरकुमार राई, दिनेश गिरी र सनु राउतबीच प्रतिस्पर्धा हुने भएको छ। राई २२ वर्षदेखि स्पेनको म्याड्रिडमा व्यवसायमा संलग्न रहँदै आउनु भएको छ। यस्तै दिनेश गिरी एनआरएनए स्पेनका वर्तमान सचिव तथा काबा महासचिव हुनुहुन्छ।

उहँँले बार्सिलोनामा व्यवसाय गर्दै आउनुभएको छ। यसैगरी सनु राउत वर्तमान कार्यसमिति सदस्य तथा युवामाझ लोकप्रिय तथा साथीसँग मनका कुरा ग्रुपका संयोजक हुनुहुन्छ।

एक क्षेत्रीय उपाध्यक्षका लागि रामप्रसाद दाहाल र तुलसी गुरुङबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। दाहाल पूर्वक्षेत्रीय समिति पाइसभास्को अध्यक्ष हुनुहुन्छ भने गुरुङ अघिल्लो र वर्तमान कार्यकालका केन्द्रीय सचिव पदमा काम गरेका व्यक्ति हुनुहुन्छ। उहाँ नेपाली समाज पाइसभास्कोको संस्थापक अध्यक्षसमेत रहनुभएको छ।

यसै महासचिवमा उमराज ढकाल (राज) र विनय अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ। खुल्ला दुई सचिव पदमा धु्रव भट्ट, भुवन कटुवाल, दुर्गाप्रसाद घिमिरे (लेकाली) र रवि पुडासैनीबीचमा प्रतिस्पर्धा हुने देखिएको छ।

भट्ट खेलकुद क्षेत्रका प्रख्यात मार्सलआर्टको प्रशिक्षण तथा विश्व च्याम्पियनसिप खेलेका राष्ट्रिय खेलाडीसमेत हुनुहुन्छ। उहाँ हाल चितवन समाज स्पेनको खेलकुद विभाग प्रमुखसमेत रहनुभएको छ। कटुवाल भने बार्सिलोनाका रेस्टुरेन्ट व्यवसायी हुनुहुन्छ।

क्षेत्रीय समिति पाइसभास्कोबाट वर्तमान कार्यसमितिका अध्यक्ष महानारायण चौधरी र राजेन्द्र सेढार्इंबीच प्रतिस्पर्धा हुने भएको छ। यसैगरी आरक्षित महिलातर्फ चर्चित लोक दोहोरी गायिका सुमित्रा घिमिरे सापकोटा (सुमी) निर्वाचित हुनुभएको छ।

क्षेत्रगत केन्द्रीय सचिवमा म्याड्रिडबाट मेघनाथ ढकाल र ग्रान क्यानरियाबाट दीपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
यस्तै कोषाध्यक्षमा गोविन्द तिमिल्सिना र शन्तबहादुर क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको छ। तिमिल्सिना कास्की समाज स्पेनको महासचिवसमेत रहेर आफ्नो गतिविधि बढाउँदै आउनुभएको छ।

सहकोषाध्यक्षमा शान्ता राणा र महन्त महर्जनबीच प्रतिस्पर्धा हुने देखिएको छ।यस्तै महिला संयोजकमा मौसमी गुरुङ (समी) र पार्वती वलीबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। वली एनआरएनए क्षेत्रीय समिति सचिव तथा जनसम्पर्क समिति म्याड्रिडको वर्तमान कार्यसमिति अध्यक्षसमेत हुनुहुन्छ।

विश्व कलाकार संघ स्पेनको सचिवसमेत रहेकी समि गुरुङ भने स्थानीय चर्चित गायिकाको परिचय बनाउनुभएको छ। यस्तै छ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेपछि स्पेनमा पहिलो पटक सदस्यको समेत निर्वाचनबाट टुंगो लाग्ने भएको छ। भुपेन्द्र श्रेष्ठ, तारानाथ अधिकारी, पानबहादुर गुरुङ, आङ लाक्पा शेर्पा, सोमप्रसाद गुरुङ, शालिकराम डुम्रे, शितल खतिवडा, इमा सापकोटा भट्ट, विदुर गौतम र लक्ष्मण खत्रीबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ।
एनआरएनए स्पेनको निर्वाचन दुई चरणमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्