क्रिजेन्सा मिस लिटिल आइडल



प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको मिस लिटिल आइडल–२०१९ को उपाधि क्रिजेन्सा सिलवालले जितेकी छन्।

घट्टेकुलोस्थित सूर्योदय बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले ८० प्रतिस्पर्धीलाई उछिन्दै उपाधिसहित १ वर्षको छात्रवृत्ति र ३० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्।

रचना राईले फस्ट रनर्सअप र कुञ्जा कुँवरले सेकेन्ड रनर्सप हुँदै एक–एक वर्षको छात्रवृत्तिसहित क्रमशः २० र १० हजार रुपियाँ पुरस्कार जितेका छन्।

प्रतियोगितामा रायना लामा र स्मृति कटवालले संयुक्तरूपमा मिस ट्यालेन्ट, नेहारिका राई मिस फ्रेन्डसिप, आशानी पुलामी मिस डिस्सिप्लिन, करुणा राई मिस कन्फिडेन्स, रितिस्मा पाण्डे बेस्ट ह्यान्ड राइटर, सुप्रिना लामा मिस पर्सनालिटी, आरुषी भट्टराई र अस्मिता गिरी संयुक्तरूपमा मिस लिडरसिप, रचना राई मिस स्मार्ट लिसनर र लिसा बोगटी मिस फोटोजेनिक भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. मदन विष्ट, बैंकर कृष्ण अधिकारी, मिस मंगोल नेपाल २०१८ जाङमु इन शेर्पा, संगीतकार शान्तिराम राई, आईआईएफटीका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पा र डा. लोचन कार्की निर्णायक मण्डलमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्