कनिष्ठ ल्याएपछि  वरिष्ठद्वारा राजीनामा 



काठमाडौं, (नेस)।त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुधा त्रिपाठीले नेपाली केन्द्रीय विभागको प्रमुखमा कनिष्ठ प्राध्यापकलाई नियुक्त गरेपछि दुई वरिष्ठ गुरुहरूले राजीनामा दिनुभएको छ।

कनिष्ठ प्राडा. कृष्णप्रसाद घिमिरेलाई नियुक्त गरिएपछि विशिष्ठता र जेष्ठताको आधार उपेक्षा गरी आफूलाई अपमानित गरिएको भन्दै त्रिविमा क्रमशः ३७ र ३९ वर्षदेखि अध्यापनरत प्राडा. महादेव अवस्थी र प्राडा. मोतिलाल पराजुलीले राजीनामा दिनुभएको हो।

नेपाली विभागकै वरिष्ठ प्राडा. ताराकान्त पाण्डेयले भने अहिलेसम्म राजीनामा दिनुभएको छैन।स्रोतका अनुसार नवनियुक्त विभागीय प्रमुख प्राडा. घिमिरेले अहिलेसम्म  एमफिल र पीएचडीका विद्यार्थीलाई पढाउनुभएको छैन। एमए मात्र पढाएका प्राध्यापकलाई विभागीय प्रमुख बनाएकोमा अधिकांश प्राध्यापकले विरोध जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्