कृति ‘चिराक’ माथि चर्चा परिचर्चा



साहित्यिक सुन्दर नगरी पोखरामा आख्यानकार डा।रेणुका सोलुद्वारा लिखित ‘चिराक’ माथी चर्चा परिचर्चा सम्पन्न भएको छ । डा.रेणुकाको औपन्यासिक दोस्रो समग्रमा बाह्रौं कृति हो ‘चिराक’ ।

सङ्घर्षमा कलम साहित्य समाज नेपालले आयोजना गरेको उक्त कार्यक्रम हिमालयन रिडर्स कर्नर, न्यूरोड पोखरामा भएको हो । समिक्षक प्रा.डा. याम बहादुर क्षेत्रीले चिराक शालीन आख्यानकारको आक्रामक लेखनशैलीले अत्यन्तै मन छोएको र यो कृति समसायिक र ऐतिहासिक रहेको कुरा व्यक्त गरे ।

पाठक प्रतिकृया राख्दै तारा अधिकारीले भनिन् ‘चिराक प्राज्ञिक तथा शिक्षित परिवारभित्र लुकेको तितो यथार्थ, संकिर्ण सोछ अनि बीभत्स सम्बन्धको सचित्र चित्रण हो । नेपाली लेखक संघ कास्कीका अध्यक्ष गणेश शर्माले डा। सोलुका हातले समाएको कलमबाट यथार्थ ओकल्छ र खबरदारी गर्दछ भने ।

डा. सोलु सशक्त हस्ताक्षर रहेको र समाज रुपान्तरणका लागि उनका आवाज चिराकमा बुलेट बनेर वर्षिएका छन भन्ने शर्माको ठम्याइ थियो । अन्तराष्ट्रीय नेपाली साहित्य समाज गन्डकी प्रदेशका अध्यक्ष दुर्गा शाह बाबाले लेखन र प्रस्तुती दुबै निडर, निर्भिक भएकी एक आक्रमक तथा बौद्दिक लेखकका रुपमा सोलुलाई चिनेको कुरा बताए ।

अन्तराष्ट्रीय नेपाली साहित्य समाज गन्डकी प्रदेशका सचिव दुर्गा न्यौपानेले हक्की , निडर, निर्भिक स्वभावका लेखक डा. सोलुद्वारा लेखिएको चिराक नारी संवेदना र उर्जाको ज्वाला रहेको बताइन् । साहित्यकार मदनले आफ्नो विचार राख्दै डा.सोलुको लेखनशैली, विषयवस्तुको छनौट र प्रस्तुती शैली हेर्दा लाग्छ कि निकट भविष्यमा नै राष्ट्रको टप लेखक लिष्टमा पर्ने संकेत रहेको हुँदा अत्यन्तै गर्व लागेको कुरा बताए ।

डा.सोलुले आफ्नो लेखकीय मन्तब्य राख्ने क्रममा आयोजक टिमलाई हार्दिक आभार व्यक्त गर्दै चिराक समाजको वास्तविक चित्रण भएको र यसमा प्रयोग भएका पात्र मात्रै काल्पनिक रहेको तर कथावस्तु सत्यतथ्यमा आधारित रहेको कुरा बताइन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्राज्ञ सुर्य खड्का विखर्चिले यस्तो राम्रो कृतिको चर्चा कार्यक्रमको प्रमुख अतिथी हुन पाएकोमा भाग्यमानी सम्झेको र यो उचाइका लेखकलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष कृष्ण रानाभाटले यति सुन्दर कृति चिराक विमर्श राख्न पाउनु संस्थाको मात्रै नभएर सिङ्गो पोखराको भाग्य हो बताए र अझै नेपाली आमाले यस्तै जुझारु र निर्भिक अनि निडर छोरीहरू जन्माउन् भनेर कामना समेत व्यक्त गरे । यो भव्य र सभ्य कार्यक्रम पृतम सेनले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्