इन्स्पेक्टर बनाइदिने भन्दै घुस खाने पूर्व सांसद पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले पूर्व सांसद समेत रहेका डोलबहादुर कार्की (डिबि) लाई पक्राउ गरेको छ ।

राजकुमार राई नाम गरेका युवालाई प्रहरी निरीक्षक बनाईदिने भन्दै चार लाख नगद लिएर उनी फरार थिए ।

उनलाई पटक पटक उक्त रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेपछि सर्वोच्च अदालतले एक लाख जरिवानासहित ६ महिना कैदको फैसला सुनाएको थियो । उनी अदालतको फैसलापछि फरार थिए ।

सिआईबीको टोलीले दुई महिनापछि उनलाई पक्रउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्