प्रमुख जिल्ला अधिकारीको भव्य विदाई



बासुदेव शर्मा,जाजरकोट । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतको सरुवा भएको छ । जाजरकोटमा १५ महिना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेर पर्सा जिल्ला सरुवा भएका प्रमुख जिल्ला अधिकारी वस्नेतलाई बुधवार कर्मचारी मिलन केन्द्रले औपचारिक रुपमा विदाई गरेको हो ।

विदाई कार्यक्रममा भावुक हुदै आफना भनाई राख्दै प्रमुख जिल्ला अधिकारी वस्नेतले अझ पनि जाजरकोटमै वसेर सेवा दिन पाए हुन्थ्यो भन्दै जाजरकोट वसाइकासकारात्मक पक्षहरुको चर्चा गर्नु भएको थियो ।

आफनो घर सुर्खेतको सिम्ता गाउँपालिका भएकोलेजाजरकोट सगै सुर्खेतको सिम्ता गाउँपालिका जोडिएकोले घरपाईक जस्तै लागेको वताउदैजाजरकोटको भाषा, संस्कृति, संस्कार लगाएत सवै कुराहरु सिम्ता गाउँपालिकासग मिल्दा जुल्दा भएकाले जाजरकोट वस्ना रुचाएको वताउनु भयो ।

जाजरकोटका जनप्रतिनिधि, पत्रकार नागरिक समाज र सरकारी कार्याालयका कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले आफनो जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेकोले जाजरकोटमै सेवा गरौ जस्तो लागेको नागरिक सेवाग्राहीहरुको भावना विचारले आकर्षित गरेको, जिल्लाको भौगोलिक विकटता विपन्नता, विकास र आर्थिक समृद्धीको सम्भावनाको केन्द्र भएकाले जाजरकोटमै वसेर सेवा गरौ जस्तो लागेको वताउनु भयो ।

आजको कर्णाली प्रदेश अभाव, गरिवी, अविकसित सुचीमा रहेकोले आगामी १० वर्ष पछि गरिवी अभाव अबिकसित अवस्थामा नरहने वताउनु भयो । केहि वर्ष पहिले मध्यपश्चिमा अन्चल विकास क्षेत्रमा भएको विकासको केन्द्र नेपालगंज भए जस्तै कर्णाली प्रदेशको विकास केन्द्र सुर्खेतमा भएको वताउदै जियोग्राफी मापन अनुसार कर्णाली प्रदेशको मध्य मागमा रहेको जाजरकोट मध्यपहाडी लोकमार्ग,भेरी करिडोर, जाजरकोट जुम्ला सडक राष्ट्रिय सडक संन्जाल भित्र भएकोले अन्तर्राष्ट्रिय व्यापारीक केन्द्र वन्ने सम्भावना रहेको वताउनु भयो ।

चार सय १७ मेघावाट नलगाड हाईड्रोपावर वहुमुल्य प्रजातिका जडिवुटी काइनयट रत्नपत्थर लगाएतका बनस्पति खनिजहरु प्रयाप्त भएकोले जाजरकोट जिल्ला विकास र आर्थिक समृद्धी वन्ने वताउनु भयो ।

करिव १५ महिना जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरा गरी पर्सा जिल्ला सरुवा हुनु भएका प्रजिअ वस्नेतलाई कर्मचारी मिलन केन्द्र जाजरकोटले औपचारीक कार्यक्रम गरी विदाई गरको थियो ।

विदाई कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मन वहादुर रावल, कर्णाली प्रदेश सभा सदस्य माननीय गणेश प्रशाद सिह, माननिय जिल्ला न्यायधिस देव कुमार गिरी भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्ति,वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाह, कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले गाउँ गाउँमा गएर जनताको आवश्यकता अनुसार सेवा दिएको उच्च प्रशंसा गर्दै कुसलता पुर्वक जिम्मेवारी निर्बाह गरेकोले आगामी दिन आयोगको प्रमुख, मुख्य सचिव भएको देख्न पाइयोस भन्दै सफताको सुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्