अमेरिकामा दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु



काठमाडौं । मंगलबार अमेरिकाको मिजौरी राज्यमा भएको सवारी दुर्घटनामा परी ३ जना नेपालीको ज्यान गएको छ ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल गरी एकै परिवारका तिन जना सदस्यको ज्यान गएको हो ।

घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।

मिजौरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्