न्यु समिट उपाधि नजिक



काठमाडौं, (नेस)। आयोजक न्यु समिट कलेजको महिला टिम दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

पिङलास्थानस्थित घरेलु कोर्टमा भएको आफ्नो अन्तिम लिग खेलमा एसएमटिलाई १३–१० ले हराउँदै न्यु समिटले फाइनलको यात्रा तय गरेको हो। शीर्ष टोली हुँदै न्युसमित फाइनल पुगेको हो।

५ टोली सम्मिलित प्रतियोगिताका दोश्रो र तेश्रो स्थानमा रहने टिमले सेमिफाईनल खेल्ने छन् भने चौथो स्थानमा रहेको टिम प्रतियोगिताबाट बाहिरिने छ।

अन्य खेलमा हिमालय कलेजले सगरमाथालाई ९–७ ले हराउँदा संगम खत्रीले ५ स्कोर गरिन्। न्यु समिटको पुरुष टोली पनि आफ्नो अन्तिम लीग खेलमा ट्रिनिटीलाई ४५–२४ को स्कोरमा हराउदै समूह ए को बिजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्यो।

पुरुषकै अर्को खेलमा एसीएचएचले टेक्सस्लाई ५०–४० को स्कोरमा हराउँदा बिमल डंगोलले सर्वाधिक ३७ स्कोर गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्