साइपाल र जेभियर फाइनलमा



काठमाडौं, (नेस)।साइपाल एकेडेमी र जेभियर इन्टरनेसनल कलेज नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

साइपालले मोर्गनलाई ४८–१७ ले पराजित गर्यो। साइपालको जितमा अस्मिता थापाले १४ अंक योगदान गरिन्। श्रेया महर्जनको १२ अंक सहयोगमा जेभियरले आयोजक काठमाडौं बर्नहार्ट कलेजलाई २७–१५ ले हरायो।

ब्वाइजमा ट्रिनिटी र सीसीआरसीले उपाधि भिडन्त पक्का गरे। ट्रिनिटीले न्यु जेनिथको चुनौती ६५–५८ ले समाप्त पार्यो। ट्रिनिटीका किरण कँडेलले ३८ स्कोर गरे।

सीसीआरसीले गोल्डेनगेटमाथि ४२–३८ को जित दर्ता गर्यो। सीसीआरसीका सिजन महतले १४ अंक जोडे। फाइनल बिहीबार हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्