इनोभेटिभ क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)।इनोभेटिभ र एआईए १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

इनोभेटिभले अक्षर एकेडेमीलाई २२–९ ले पराजित गर्यो। इनोभेटिभका सुमेन्द्र बोहराले १० अंक जोडे। एआईएले सनसाइनलाई २२–१३ ले हरायो। एआईएका निश्चल बुढाथोकीले ८ स्कोर गरे। सिनियर ब्वाइजमा स्पाङ्गेल र काठमाडौं जेभियर प्रिक्वाटरफाइनल यात्रा गरे।

स्पाङ्गेलले स्वप्न वाटिकालाई ४६–३६ पाखा लगायो। विजयी टिमका लागि रोहित बलामीले २६ अंक जोडे। काठमाडौं जेभियरले सूर्योदयलाई ३७–१५ ले पन्छायो। विजेताका रोहन शाहले १० अंक बटुले।

सिनियर गल्र्समा चैतन्यले सनसाइनलाई १०–८, एसियन पब्लिकले विज किड्सलाई २७–२२, स्वप्न वाटिकाले भद्रघलेलाई १४–६ र स्पाङ्गेलले सेवा सदनलाई १०–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

चैतन्यकी सविना खड्काले ६, एसियनकी नदिशाले १२, स्वप्न वाटिकाकी रेखा मल्लले ४ र स्पाङ्गेलकी कामना रम्तेलले ६ अंक जोडे। बिहीबारदेखि नकआउट चरणका खेलहरू सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस्