संघियताको मारमा बझाङ सदरमुकाम, सबै ब्यापारी गाउँमा



ललित सिंह,बझाङ ।होटल ब्यबसाय गरेर १५ बर्ष सम्म सदरमुकाम चैनपुरमा बसे घरको भाँडा मासिक रु १० हजार भएकाले अहिले भाँडा समेत तिर्न पैसा कमाई नहुने भए पछि सदरमुकाम चैनपुर छोडर गाउँमै फिर्ता भएको दुर्गा थली ५ की धनलक्ष्मी बिष्टले को भनाई छ ।

उनी भन्छन बजारमा बिष्ट होटल एण्ड लजको नामले परिचित होटल थियो । होटलकै आम्दानीले जेठो छोरा एचए (हेल्थअसिटेन्ट) र कान्छो छोरा ओभसेयर पठाए छोरी र बुहारीलाई पनि उच्च शिक्षा पढाउदै थिए देश संघियतामा गयो ।

सिहंदरवारको अधिकार गाउँमा भन्ने भए पछि सबै काम गाउँमै हुन थाल्यो बजारमा मान्छे आउन छोडे पहिले दैनिक १० /१५ हजार आम्दानी हुने होटलमा ५ सयको कमाई समेत मुस्कीले हुन थाले पछि गाउमै र्फेता भएर चौधारी डाँडामा रहेको पुरानो घर मर्मत गरेर होटल ब्यबसाय गर्न थालेकी छु । दुर्गाथली गाउँपालिकाको कार्यालय पनि यहि छ ।

राज्यमा संघियता आए पछि गाउँपालिका नगरपालिका र वडामा सबै अधिकार प्राप्त हुनका साथै निजिर सरकारी बैँक समेत गाउँ मै गए पछि सदरमुकाम चैनपुरमा नेपाली नागरिकता लिने बाहेक गाउँ बाट मान्छे निकै कम आउने गरे पछि अहिले ब्यापारमा निकै घाटा लागेको स्वर्णियम बझाङ्ग बहुउद्देश्य सहकारी संस्था का प्रबन्धक मोहन बहादुर सिंहले बताए ।

उनले भने पहिले रेमीट्रयान्ट बाट मात्रै दैनिक ५ देखि १० हजार सम्म आम्दानी हुने भए पनि अहिले मुस्कीले १५ देखि २ हजार सम्म आम्दानी हुन्छ । जनताले घर मै बसेर सेवा पाएकोमा निकै खुशी लागेको छ ।

ब्यापार छोडन सकिदैन बजारमा घर धनिले मासिक रुपमा पहिलेझै भाडा लिन्छन । आम्दानी नहुने भएकाले कुन दिन टाँट पल्टीन्छ भने चिनताले सताएको छ ।

बझाङको सदरमुकाम चैनपुर साबिस ४७ गाबिस हाल १० गाउँपालिका र २ नगरपालिकाको केन्द्र भए पनि देशमा संघियता आए संगै शतिm र अधिकार बिनियोजन हुदाँ अहिले हरेक गाउँपालिका र नगरपालिका बाट नेपाली नागरिकताको प्रमाण पत्र बाहेक दैनिक बैकिङ्ग कारोवार शिक्षा, स्वास्थ्य ,कृषि,पशु,सिफारीस, शिक्षक तथा कर्मचारीको तलब भत्ता, नुन र खाद्यन , दैनिक उपभोग्य सामान लगाएतका अधिकार गाउँ प्राप्त भए पछि सदरमुकाम चैनपुरको पुरानो रौनक निकै घटेको स्थानिय हिरेन्द्र छत्याले बताए ।

उनले भने चौमासिक रुपमा शिक्षकले तलब लिन आउदा बजारको दृश्य र दैनिक बजारमा सरकारी काम गने कर्मचारी र किनमेल गने ब्यतिmले गर्दा बाक्लो उपस्थिी हुने भए पनि अहिले उराठ लाग्दौ देखिएका छ । स्थानिय बाहेक गाउँमा बाट सदरमुकाम चैनपुर बसाई सरको समेत गाउँ फेर्ता भएका छन ।

आफनो घरमा बोङ्गिले भाडा लिएको थियो । मासिक ३५ हजार आम्दानी हुने गरेको थियो । बोङ्गिले छोडरे गए पछि अहिले कोठा भाडामा समेत लिने मान्छे नपाए घर १५ कोठा पुरै खाली रहेका छन । आम्दानी छैन बैकको ब्याज कहाँ बाट तिर्न चिन्ताले सताएको छ ।

प्रतिक्रिया दिनुहोस्