बालिका बलात्कारको प्रयास गर्ने पक्राउ



संखुवासभा, (नेस)।संखुवासभाको चिचिला गाउँपालीका–५ का अर्जुन राई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

मंगलबार साँझ गाउबाट घर फर्कने क्रममा गाउँकै ११ वर्षीया बालिकालाई २२ वर्षीय राईले बाटोमा जबरजस्ती बलात्कार गर्ने प्रयास गरेका थिए।

बलात्कारको आरोपमा पक्राउ परेका राईलाई चिचिला–५ थेवे गाउँबाट पक्राउ गरिएको र कानुनी कारबाहीको प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ। पीडित बालिकाको उपचार भइरहेको प्रहरीले बताएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्