कीर्तिमानधारी आरोहीलाई सशस्त्रको सम्मान



नेपाल समाचारपत्र, काठमाडौं।सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका ८ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालको ३ महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा (निम्स)लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उहाँलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो। हिमाल आरोही निम्सले सात महिनाभित्र उल्लेखित १४ वटै हिमालको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा बाँकी रहेका तीन वटा हिमालको आरोहण पूरा गर्ने लक्ष्य रहेको तथा आफू पूर्व ब्रिटिस गोर्खा सैनिक भएको समारोहमा जानकारी गराएका थिए।

हामीले सशस्त्र प्रहरी बलमा सेवारत रहेकोमा गर्व गर्ने गरेको स्मरण गर्नुहुँदै उहाँले दायित्व निर्वाहका क्रममा सेवा तथा सुरक्षा र सहयोग पुर्याउने मात्र नभई जोखिमपूर्ण स्थानमा आपतविपतमा उद्वार कार्यको लागि साहस चाहिने बताउँदै त्यो साहसी हिमाल आरोही निम्सबाट सिक्न सकिने उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यस अवसरमा हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेको भन्दै हिमाल आरोही निम्सको साहस तथा लगन र योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

हिमालको सफल आरोहणका कारण उहाँ विश्वमा निम्सको नामले चिनिएको प्रसंग उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपालको गौरवशाली इतिहास र परम्परालाई अगाडि बढाउन सफल रहेको चर्चा गर्नुभयो।

हामीले सशस्त्र प्रहरी बलमा सेवारत रहेकोमा गर्व गर्ने गरेको स्मरण गर्नुहुँदै उहाँले दायित्व निर्वाहका क्रममा सेवा तथा सुरक्षा र सहयोग पुर्याउने मात्र नभई जोखिमपूर्ण स्थानमा आपतविपतमा उद्वार कार्यको लागि साहस चाहिने बताउँदै त्यो साहसी हिमाल आरोही निम्सबाट सिक्न सकिने उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले मान्छेले आफ्नो तथा आफ्नालागि सोच्ने गरेको तर निम्सले घरसमेत बिक्री गरेर हिमाल आरोहण थालेको बताउनुभयो। ‘उहाँले त्यो के का लागि गर्नुभयो त ? निश्चय नै देशका लागि हो’, भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल र नेपालीको नाम विश्वमा फैलाउन उहाँले गरेको योगदान वास्तवमै सराहनीय रहेको उल्लेख गर्नुभयो।
कुनै पनि काम मनदेखि नै सकारात्मक सोचका साथ गरिएमा असम्भव केही पनि छैन भन्नुुहुँदै उहाँले आत्मालाई हरेश खान नदिएर लक्ष्यमा जुट्नुपर्ने र यसबाट जहिले पनि सफलता प्राप्त गर्न सघाउ पुग्ने बताउनुभयो।

छोटो समयमा उहाँले गरेको योगदान सराहनीय रहेको तथा इतिहास रच्ने यात्रामा उहाँको प्रयास सम्मानजनक रहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले हिमाल आरोही निम्सको संकल्प र साहसको सबैले कदर गर्नुपर्ने बताउनुभयो। विश्व कीर्तिमानी हिमाल आरोही निर्मल पूर्जाले विभिन्न हिमाल चढ्दाको आफ्नो गर्विलो अनुभव सुनाउनुभयो।

हिमाल आरोहणका कुरा गर्दा भावनात्मकरूपमा के भयो र के–के त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै उहाँले आफुले आफ्नालागि नभई नेपाल र नेपालीको गौरवको लागि उक्त प्रयास गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘नेपाली भन्दा गर्व लाग्छ।’

म्याग्दी जिल्लामा जन्मनुभएका मेम्बर अफ ब्रिटिस इम्पायर (एमबीई) बाट सुशोभित पूर्व ब्रिटिस गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स’ले आफू रोयल नेभीमा स्पेसल फोर्समा समेत कार्यरत रहेको विगत सो समारोहमा बताउनुभयो। हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा ८ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालको सफल आरोहण गर्नुभएको अनुभव उहाँसँग छ।

उहाँले ४८ घण्टा ३० मिनेटमा सगरमाथा, लोत्से र मकालु हिमालको सफल आरोहण गर्दै पुरानो गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा रहेको ५ दिन ३ घण्टा ३५ मिनेटको पुरानो रेकर्ड तोड्न सफल भएको जानकारी गराउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्