एसएसपी भण्डारीलाई हाजिर गर्न जाँदा जाँदै दुधौलीका जनताको वाहावाही



सिन्धुली । एसएसपी सन्दिप भण्डारी जसरी जिम्मेवारीमा अब्बल छन् त्यसरी नै जनताको सेवाका लागि समेत कुनै कसुर बाँकी राख्दैनन् ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उत्कृष्ट प्रदर्शन गरेका भण्डारी प्रहरी प्रधान कार्यालय हुँदै ३ नं.प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा हाजिर हुन जाँदै गर्दा देखि नै एसएसपी भण्डारीले जनताको प्रशंसा बटुल्न थालिसकेका छन् ।

एसएसपी भण्डारीको नेतृत्वको टोलीले रुपक मगर नामका सर्बसाधारणको हराएका महत्वपुर्ण कागजात र नगद १४,५०० सहितको पर्स फेला पारी उनलाई हस्तान्तरण गरेको छ । मगरले त्यसका लागि एसएसपी भण्डारीलाई आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्