प्रहरी कारबाहीमा ९ लडाकू मारिए



इराक । इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलबार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स आतङ्ककारी समूहका ९ जना लडाकू मारिएका  इराकी सेनाले जानकारी दिएको छ । अमेरिका आवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो ।

सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा १ सुरुङ्ग ध्वस्त हुनको साथै ९ जना आइएस लडाकू मारिएका इराकी संयुक्त कारबाही कमाण्डका प्रवक्ता याहया रसुउलले विज्ञप्तिमार्फत बताउनु भएको छ ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले देशभर कट्टरपन्थी आतंकवादलाई पूर्णरुपले हराएपछि इराकको सुरक्षास्थिति नाटकीय रूपमा सुधार भएको छ ।

यद्यपि आइएसका लडाकू समूहले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर बसेका छन् र सरकारी संघ संस्था र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्