तीज मनाएर घर फर्किंदा महिलाको गहना लुटियो



न्युज अफ नेपाल, गुल्मी । धारिलो हतियार देखाएर अर्घाखाँची र गुल्मीको सिमानामा एक जना महिला लुटिएकी छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा न ७ देउराली वजार नजिकै तीज मनाएर घर फर्कीदै गरेकी अन्दाजी ५१वर्षीय सिता पौडेल महिला लुटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताउनु भयो ।

महिला बुधवार बेलुकी सोहि वडाको वाईगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा ५ भुवान पानी आफनो घर तर्फ आउँदै गरेकी थिइन् । अपरिचित व्यक्तिले महिलालाई चक्कु देखाएर सुनको सिक्री र लकेट गरि करिव २ तोला सुन र मोवाइल सेट लुटेको स्थानीय शोभाखर पाण्डेयले बताउनु भयो ।

पानी परेको समयमा छाता ओडेर घर तर्फ आउने क्रममा एक्कासी चक्कु देखाएर गहना लुटदा महिलाको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । महिलाको गरगहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरेका सुनका गहना लुटने लुटेरा फेला नपरेको प्रहरी नायव उपरिक्षक बिष्टले बताउनु भयो ।
मंगलवार सोहि वडाकै वडाअध्यक्षले चढ्ने सरकारी मोटरसाइकल अज्ञात समुहले जलाएको घटना सेलाउन नपाउँदै दिनदहाडै फेरि अर्को घटना घटेसँगै स्थानीय त्रसित बनेका छन् ।

अगजनी र लुटपाटका घटना बढेसँगै स्थानीयहरु चिन्तीत बनेका छन् । लुटने अपरिचित समुहको दुबै तिरका प्रहरीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्