कारखानामा आगो लाग्दा ९ जनाको मृत्यु



भारत । भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले बुधबार उल्लेख गरेका छन् । पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो ।

घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्