ग्याङ्ग फाइट गर्ने १६ जना पक्राउ



न्युज अफ नेपाल, पर्वत । पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्बत कुस्मा नगरपालिका वडा नं ५ यान्त्रिकपुल नजिक नजिक सार्बजनिक स्थानमा कुटपिट गर्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुस्मा– ४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, हेन्सी भन्ने नबिन क्षेत्री , अनमोल कुमाल , सुदिप परियार, सुगम बोहोरा, आबिस्कार पौडेल रहेका छन । यसैगरी कुस्मा ५ का आशिस के.सी., आश्विन क्षेत्री, कुस्मा ६ का असिम पौडेल भन्ने अभिषेक पौडेल, वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा घाइते भएका कुस्मा वडा नं ५ बस्ने आस्विन क्षेत्री र कुस्मा ६ बस्ने आदित भण्डारी पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्र्चाज भएका थिए । ग्याङ्ग फाइट गर्ने दुबै पक्षका युवाहरुलाइ सार्वजनिक शान्ती बिरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट दिन १० म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य ब्यक्तिहरुको तदारुकताका सथा खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ । ग्याङ्ग फाइटको कारण बारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्