गाई र कुकुर मारेको विरोधमा जनावरको चित्र र मुकुण्डोसहित माइतीघरमा प्रदर्शन



काठमाडौं । सुर्खेतमा गाई मरेको र खोटाङमा कुकुर मारेको विरोधमा आज पशुअधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले कुकुर, कुकुरको चित्र र जनावरको मुकुण्डोसहित प्रदर्शन गरेका थिए । उनीहरुले दुबै घटनामा संलग्नलाई कारबाही गर्न पनि माग गरेका छन् । पशु अवोध प्राणी भएकाले उनीहरुप्रति संवेदनशील हुनुपर्ने विषय प्रदर्शनकारीले ब्यानरमा उल्लेख गरेका थिए ।

केही दिनअघि नेपालगञ्जबाट दैलेख लैजाँदै गरेको गाई सुर्खेतमा मृत भेटिएका थिए भने खोटाङको दिक्तेल नगरपालिकामा कुकुरलाई कुटी कुटी मारेर फालिएको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्