१२ केजी चरेशसहित ६ जना पक्राउ



बझाङ । झोलामा लुकाई छिपाई गाडीबाट धनगदीतर्फ लैजादै गरेको अवस्थामा १२ केजी चरेशसहित ४ जना पक्राउ परेका छन् । सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्बरको यात्रुबाहक बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्याँडी प्रहरी चौकीले १२ केजी चरेशसहित ५ जनालाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ वर्षीया हरिवीर बोहरा र उनकी श्रीमती ४८ वर्षीया रनकला बोहरा सुर्मा गाउँपालिका १ कै ६० वर्षीय लछी बोहरा र गाडी मालिकसमेत रहेका केदारस्यु गाउँपालिका ५ का ४२ वर्षीय कासी ठगुन्ना रहेको जनाएको छ ।
प्रहरीका अनुसार गाडी चेकजाँच गर्ने क्रममा ३ वटा झोलामा चरेश भेटाएको र थप अनुसन्धान भइरहेको छ । अहिले ५ जनालाई प्रहरी हिरासतमा राखिएको बताए। त्यस्तै एक केजी २ सय ग्राम चरेश लागुऔषध चरेससहित सुर्मा गाउँपालिका ४ घर भइ हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारी टाउन बस्ने २२ वर्षीया नरेशबहादुर बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बेलुका जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को तमैल बजारबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर बमको टोलीले नियन्त्रणमा लिएको हो। कर्णाली रिभर यातायातको ना ५ ख ६७३५ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुमाथि शंका लागेपछि खोजतलास गर्दा झोलाबाट १ किलो दुई सय ग्रामसहित नगद ४१ हजार ५ सय फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्