गणेशको पूजा गर्दा सारा भाइरल



एजेन्सी । बलिउड नायिका सारा अली खान गणेशको पूजा गर्दा ट्रोल बनेकी छिन् । गए मंगलवार गणेश चतुर्थीको दिन उनले गणेशको पूजा गरेको फोटो शेयर गरिन्। फोटो शेयर हुनेबित्तिकै उनलाई ट्रोल बनाइएको छ । सारामाथि मुश्लिम भएरपनि हिन्दुहरुको पूजामा सामेल भएको आरोप लागेको छ ।

साराको गणेश पूजा गरेको फोटोका कारण फ्यानहरुले उनको आलोचना गरेका छन् । कतिले उनलाई इस्लाम धर्मले यसो गर्न अनुमति नदिने बताएका छन् भने कतिले उनलाई मुसलमान जो धर्मको नाममा शान्ती भंग गर्न खोज्दैछ त्यस्तालाई पाकिस्तान जान ठिक हुने भनेका छन् ।

साराको फोटोलाई लिएर अहिले मुस्लिम कट्टरपन्थी समर्थक र नरमपन्थी समर्थक बीच बहष शुरु भएको छ । उनलाई आलोचना सँगै कतिपय समर्थकले सारामाथि औंला उठाउनु अघि अभिनेता सलमान खानलाई पूजा रोक्न आग्रह गरेका छन् । सलमान खानले पछिल्ला धेरै वर्षदेखि गणेश चतुर्थीको दिन आफ्नो घरमा ठूलो गणेश मूर्ति बनाएर धुमधामका साथ पूजा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्