बालुवाटार जग्गा प्रकरण:बयानका लागि अख्तियारले थप ५८ जना बोलायो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।

जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित हुन सुचना जारी गरेको छ ।

अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायतका ५८ जनाको नाम छ ।

कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा रहेको छ ।

बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोग प्रकरण केही महिनादेखि चर्चामा रहेको छ ।

यसमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन् । यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ ।

यसअघि पनि अख्तियारले विभिन्न जग्गा प्रकरणमा जोडिएका व्यक्तिलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।

अख्तियारद्धारा प्रकाशित सुचना

प्रतिक्रिया दिनुहोस्