आकाशमा उडिरहेकै बेला सीता एयरको ड्रोनियरमा इन्जिन फेल भएपछि…..



काठमाडौं । आकाशमा उडिरहेकै बेला इन्जिन फेल भएको सीता एयरको ड्रोनियर जहाज पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन्।

लुक्लाबाट उडेको सीता एअरको नाइन एन कलसाइन भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो।

तर, पाइलटले जहाजलाई सकुसल काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको जनाईएको छ ।

चालक दलका सदस्यमात्रै रहेको सो जहाज बिहान करिब ९ बजे विमानस्थलमा अवतरण गरेको र चालक दलका सबै सदस्य सुरक्षित रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्