चक्कुको बिडभित्र आधा किलो सुन



काठमाडौ । चक्कुको बिडभित्र लुकाएर ल्याएको सुनसहित एक नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।

नेपाल बायु सेवा निगमको उडानबाट दोहा हुदै नेपाल आएका कास्कीका सन्तोषकुमार नेपालीलाई बिमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीले २ वटा चक्कुको बिंडमा आधा किलो सुन लुकाएर ल्याएका थिए ।

उनलाई बुधबार नै राजश्व अनुसन्धान बिभागमा बुझाईने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्