पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गरिने



विजय नेपाली, पोखरा। पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गरिने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गण्डकी प्रदेशमा हुने नवांै राष्ट्रिय खेलकुद प्रतिखेलकुदका लागि सुटिङ रेन्जको निर्माण गर्ने निर्णय गरेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्राविधिक टोलिले स्थलगत अवलोकनपछि जग्गा छनोट गर्दै सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको हो।‘सुटिङका लागि जग्गा छनोट गरियो, प्राविधिकले जग्गाको अनुगमन गरेपछि फाइनल गर्दै बैठकमा माइन्युट गरेर सदर गरियो।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष समपन्न श्रेष्ठले भन्नभयो। ‘अब टन्डर आह्वान गरी काम अगाडि बढाइनेछ, जग्गालाई स्केट पार्कले तारजाली गरेको छ।

केही भागमा तारजाली लगाउनुपर्ने आवश्यकता छ।तारजाली लगाई सुटिङको पुर्वाधार तयार पार्ने काम अघि बढ्ने छ’ –श्रेष्ठले भन्नुभयो। परिषद्का प्राविधिक विश्वमित्र सञ्जेलको उपस्थितिमा जग्गाको निरीक्षण गरिएको थियो।

सुटिङको ३५ मिटर लम्बै र २८ मिटर चौडाइको भवन भन्ने छ जस्मा २ वटा चेन्जिङरुम, १ अफिस ,१ स्टोर रुम सुटिङ रेन्ज लम्बाई र चौडाई २५–२५ मिटरको पूर्वाधार निर्माण गर्ने योजना बनाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले बताउनुभयो।

‘२५ मिटरमा सबै अटने गरी बनाउनेछौं। इन्जिनियर ताम्राकारले भन्नुभयो– ‘बाँकी १० मिटरमा तार्गेट राखेर प्रतिस्पर्धा गराइनेछ।’भदौ ९ गते बसेको बैठकको निर्णयले सुटिङको कभर्ड हल निर्माण गर्ने योजना पारित गरेको जानकारी ताम्राकारले दिनुभयो।

पोखरामा पनि २०७७ फागुन २० गतेदेखि शुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १० मिटर एयर पेस्तोल र राइफलको प्रतिस्पर्धा गराउने लक्ष्यसहित पूर्वाधारको काम शुरु गरिनेछ।

परिषद्ले सुटिङ रेन्जका लागि ५० लाख रुपियाँ छुट्टाएको छ। पोखरामा यतिबेला १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ को पूर्वाधार तयारीका लागि दौडधुप छ। प्राविधिकसमेत खटिएका छन्। हरियाली बनाउनेदेखि पूर्वाधारका लागि टेन्डर प्रक्रियामा लैजाने योजनासमेत बनाइसकिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालाभित्र स्वीमिङ पुल निर्माण गर्नुपर्ने खाँचो छ। समयमै टेन्डर प्रक्रिया नथाल्दा समयमै बन्ने सम्भावना नहुने खेलकुदकर्मी बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्