मल्लले ओमानविरुद्ध नखेल्ने



नेपाल समाचारपत्र, काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुन लागेको पाँच राष्ट्रबीचको टी २० क्रिकेट प्रतियोगिता नखैल्ने भएका छन्। व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन्।

असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्। नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दै छ।

दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दै छ। आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्