क्लब स्तरीय भलिबल शुरू



नेपाल समाचारपत्र, पोखरा। समाज सेवामा क्रियाशील लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता शुरू भएको छ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मंगलबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा पोखरा भलिबल ‘ए’ ले पीटीबीलाई २–० को सोझो सेटमा पाखा लगाएको थियो। पोखरा भलिबलले २५–१८ र २५–२१ को सेटमा हराएको हो। दोस्रो खेलमा छन्त्यालले शान्ता भलिबललाई २–० को सोझो सेटमा हराएकी छ।

छन्त्यालले २५–२० र २५–२० कै सेटमा हराएको हो। तेस्रो खेलमा भने सशस्त्र प्रहरी बल एपीएफ ‘बि’ ले वाक ओभर पायो। स्याङजा भलिबलले समयमा खेलमा उपस्थिति नजनाएपछि एपीएफले वाकओभर पाएको हो।

प्रतियोगिताको पुरुषतर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार ,उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजार प्रदान गरिनेछ। त्यसैगरी महिलातर्फको विजेता र उपविजेता टिमलाई क्रमशः शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० र १४ हजार प्रदान गरिनेछ भने भेट्रान्सतर्फको बिजेता तथा उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ रु १० हजार रुपियाँ प्राप्त गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्