पञ्चकन्याले आफ्नो ४७औं वार्षिकोत्सव मनायो



नेपाल समाचारपत्र, काठमाडौं। पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको ८९औं जन्मोत्सव मनाएको छ।सो कार्यव्रmममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाइल, एसएस वाटर ट्याङ्की, एलजीएस, रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलर लाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो।

त्यसैगरी उत्कृष्ट कर्मचारीलाई प्रशंसा पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरियो। उक्त कार्यव्रmममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे आफ्नो अनुभव बताउनुभयो।

त्यस्तै इम्प्लोइ अफ द इयर विशाल सुराना, मोष्ट प्रोमिसिङतर्फ विलियम श्रेष्ठ हुन सफल हुनु भएको छ भने वर्षभरीमा बढी बिक्री गर्न सफल डिलर अफ द इयर क्रमशः स्टिलतर्फ प्रथम न्यू बज्रयोगिनी टे«डर्स, काठमाडांै, दोस्रोतर्फ वेवी इन्टरप्राइजेज, जनकपुर तथा तेस्रो हुन सफल जय माई दि आइरन, जनकपुर।

त्यसैगरी प्लाष्टिकतर्फ प्रथम मयुर फुकेट्स काठमाडौ, दोस्रो किसान टे«डिङ बुटवल तथा तेस्रो ज्योति टे«डलिंक, काठमाडौ रहहेका छन्। त्यस्तै एसएसतर्फ प्रथम किसान टे«डिङ, बुटवल, दोस्रो मयुर फुकेट्स तथा तेश्र्रो प्रशन्न टे«डलिंक, बुटवल भएका छन्।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, सर–सफाई, वातावरण संरक्षण, महिला शसक्तिकरण जस्ता शीर्षकलाई मुख्य प्राथमिकतामा राख्दै सोही अनुसार कार्य गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्