हाटबजार प्रभाव घट्दै



हेटौंडा, (नेस)। वडा कार्यालयकै पहलमा प्रत्येक बुधबार हेटौंडा–११, नवलपुरमा लाग्दै आएको हाटबजार बन्द भएको तीन महिनाभन्दा बढी भएको छ। मंगलबार सञ्चालन हुने गरेको लेवट बजारको हाट पनि सञ्चालन नभएको लामो समय भइसकेको छ।

शुक्रबार लाग्ने गरेको हाँडीखोलास्थित मसिनेको हाटबजार सामान्यरुपमा सञ्चालन भइरहेको छ। हाटबजारमा स्थानीय उत्पादनका सामग्री खासै पाइँदैनन्। बाहिरका व्यापारीले बेच्न ल्याएका सामान र खानाका परिकारमात्र हाटबजारमा देखिन्छन्।

मसिनेको हाट प्रदेश–३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभएको थियो। प्रत्येक शनिबार सञ्चालन हुँदै आएको बस्तीपुर बजारको हाट भने जेनतेन सञ्चालन भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्