जोरपाटीमा दुई समूहबीच ग्याङ फाइट हुँदा एक युवकको मृत्यु



काठमाडौं। काठमाडौंको जोरपाटीमा दुई समूहबीचको ग्याङ फाइटमा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा संखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राई रहेका प्रहरीले जनाएको छ ।

कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको उपचारका क्रममा महाराजगन्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो छ ।मृतक सञ्जयको छातिमा गहिरो चोट लागेको थियो ।

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ जना लाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।

दुबै जनालाई बुधबार बिहान कपन क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । के कारणले झगडा परेको थियो भन्ने खुलेको छैन् । दुई समूहबीच जम्काभेट भएसँगै झगडा शुरु भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्