युट्युबविरुद्ध ‘चिल्ड्रेन प्राइवेसी ल’ उल्लंघनको आरोप



वासिङ्टन, (एजेन्सी)। गुगलको भिडियो सेवा वेबसाइट युट्युबमाथि बालबालिकाको गोप्यतासम्बन्धी कानुन उल्लंघन गरेको आरोप लागेको छ। विज्ञापनका लागि डाटा एकत्रित गर्ने क्रममा युट्युबले चिल्ड्रेन प्राइवेसी लको उल्लंघन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी फेडरल ट्रेड कमिसनले युट्युबको मातृ कम्पनी गुगललाई यसमा सेटलमेन्ट राशिमा सहमति दिएको छ। यदि न्याय विभागले यसमा स्वीकृति दिन्छ भने यो बालबालिका गोप्यता उल्लंघनसँग जोडिएको मामिलामा अहिलेसम्मको सबैभन्दा ठूलो सेटलमेन्ट मुद्दा हुनेछ।

केही नागरिक गोप्यता अधिकारमा काम गरिरहेका समूहले युट्युबमाथि चिल्ड्रेन पाइवेसी लको उल्लंघन गरेको आरोप लगाएका थिए। युट्युबले १३ वर्षभन्दा कम आयुका बच्चाहरूसँग सम्बन्धित डाटा उनका मातापिताको अनुमतिबिना संकलन गरिरहेको ती समूहले बताएका छन्। एफटीसीले यस मामिलामा आफ्नो निर्णय सेप्टेम्बरमा सुनाउन सक्ने बताइएको छ।

अमेरिकी नियामक संस्थाहरूले लामो समयदेखि गुगल आफ्नो युट्युब प्लेटफर्ममा बच्चाहरूका लागि हानीकारक सामाग्रीबाट बचाउन र उनीहरूसँग सम्बन्धित डाटा सुरक्षित राख्न असफल रहेको आरोप लगाउँदै आइरहेका छन्।

अर्को एक मामिलामा २३ रोजगार खोज्ने सर्च साइट्सले गुगलविरुद्ध युरोपियन कमिसनमा पत्र लखेका छन्। उक्त उजुरीमा आयोगसमक्ष रोजगार हासिल गर्न इच्छुक युजर्सका लागि गुगलको विजेटको जाँच गर्न माग गरिएको उल्लेख छ।

विजेट सेल्फ कोडको त्यस्तो प्रोग्राम हो जसमा सामान्यतः ठूला एप्लिकेसनको सर्टकट हुने गर्छ। यद्यपि यस मामिलामा सेटलमेन्ट राशिलाई लिएर अहिलेसम्म केही खुलासा भएको छैन।

 

प्रतिक्रिया दिनुहोस्