मणिग्राममा गुणस्तरीय शिक्षाका लागि प्रयास



बुटवल, (नेस)।विगत २ वर्षदेखि अतिरिक्त शिक्षा प्रदान गर्दै आएको टिम्स् एजुकसनल सेन्टर रुपन्देही, मणिग्रामले अझै व्यवस्थितरूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

विगत दुई वर्षदेखि सञ्चालनमा रहेको उक्त शैक्षिक संस्थालाई परिस्कृत गरेर सञ्चालन गर्न लागिएको बताउँदै संस्थाका अध्यक्ष तोलाकान्त डुम्रेले माध्यमिक तथा क्याम्पस स्तरका विद्यार्थीलाई अतिरिक्त शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यताको पूर्णरूपमा समाधान गर्ने गरी योजनावद्धरूपमा लागिपरेको बताउनुभयो।

टिम्स् एजुकेसनल सेन्टरले मंगलबार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा अध्ययनपछि उच्च शिक्षा हाँसिल गर्नका लागि जापान, अस्ट्रेलिया, अमेरिका, चीनलगायतका देशमा जान चाहने विद्यार्थीलाई भरपर्दो शैक्षिक परामर्शसमेत प्रदान गरिने जानकारी गराएको हो।

शैक्षिक क्षेत्रमा रहेका व्यक्तिले सञ्चालन गरेको टिम्स् एजुकेसनल सेन्टरमा नयाँ व्यवस्थापनपछि सम्पूर्ण तहमा अतिरिक्त कक्षा मन्टेस्वरी तालिम, कम्प्युटर कक्षा, शिक्षक सेवा आयोगका कक्षा, अंग्रेजी, कोरिया भाषा शिक्षा, लोक सेवा आयोगका कक्षाहरू, सांगीतिक कक्षा, महिलाका लागि उद्घोषण तालिम, वाक्कला तथा लेखासँग सम्बन्धित कक्षा सञ्चालन गरिने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्