वडाध्यक्षको मोटरसाइकमा आगजनी



गुल्मी, (नेस)।अर्घाखाँचीमा वडाअध्यक्षको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको छत्रदेव गाउँपालिका–७ का वडाअध्यक्षको लु१ब १६८८ नम्बरको मोटरसाइकलमा अज्ञात समूहबाट आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

वडाअध्यक्षले आफ्नो घर नजिकै पार्किङ गरेर राखेको मोटरसाइकलमा गएराति अज्ञात समूहले आगजनी गरेको विष्टले बताए। आगजनीबाट मोटरसाइकल पूणरूपमा नष्ट भएको छ।

मोटरसाइकलमा आगजनी भएपछि मंगलबार बिहान वडाध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो। छत्रदेव गाउँपालिका–७ गुल्मीसँग जोडिएको वडा पर्दछ।

 

प्रतिक्रिया दिनुहोस्