नगरपालिकामा इन्टरनेट जडान



बैतडी, (नेस)।सूचना प्रविधिमा जनताको पहुँच पुर्याउने उद्देश्यले बैतडीको पुर्चाैंडी नगरपालिकामा पहिलोपटक इन्टरनेट जडान हुँदैछ। नगरपालिकाअन्तर्गतका वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको कार्य जारी रहेको छ।

भायोनेटसँगको सहकार्यमा इन्टरनेट जडानको कार्य सम्पन्न भएपछि नगरपालिका सूचना प्रविधियुक्त हुने भएको हो। दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा भायो नेटले अहिले निःशुल्करूपमा इन्टरनेट जडानको कार्य गरिरहेको हो। अहिले विभिन्न विद्यालय तथा वडा कार्यालयहरूमा इन्टरनेट जडानको कार्य चलिरहेको छ।

नगरपालिकाको १० वटै वडा कार्यालय, नगरपालिकाभरीका सबै माध्यमिक विद्यालय र स्वास्थ्य चौकीहरूमा इन्टरनेट जडानको कार्य भइरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्