सेतीमा फालिएका गाईको उद्धारसेतीमा फालिएका गाईको उद्धार



विमल विष्ट, डोटी।डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लानजिकै रहेको सेती नदीको चट्टानी भीरमा मार्ने उद्देश्यले फालिएका तीनवटा गाईको उद्धार गरिएको छ।
उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ।

सेती नदीको चट्टानमा फालिएर फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मंगलबार उद्धार गरी सुरक्षित ठाउँमा ल्याइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो।

प्रजिअ पौडेलले भन्नुभया–‘नदीको चट्टानमा फालिएका गाईको उद्धार गरिएको छ, सडकमा छोडिएका गाई जानीजानी उक्त भीरमा धकेलेको जस्तो छ, फाल्नेलाई कारबाही गर्न आदेश दिएको छु।’

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नम्बर गणको टोली तथा स्थानीय बासिन्दासहितको टोलीले गाईको सकुशल उद्धार गरेको थियो।

त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाई ब्याउने अवस्थाका रहेको गाई उद्धार कार्यमा संलग्न स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘केही गाई दुध दिनेजस्ता छन् भने केही गाई ब्याउने अवस्थाका छन्, कसले भिरमा फाल्यो, अचम्म छ।’

डोटी दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरू जम्मा गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो। उहाँले भन्नुभयो–‘राम्रा गाई भीरमा खसालेका छन्, कसले खसालेको हो, खोजी गर्दै छौँ।’

उद्धार गरिएका गाईलाई दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो। यसभन्दा अघि पनि सोही ठाउँमा सातवटा गाई फालिएको थियो। फालिएका गाईको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

उद्धार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाई ब्याउने अवस्थाका रहेको गाई उद्धार कार्यमा संलग्न स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘केही गाई दुध दिनेजस्ता छन् भने केही गाई ब्याउने अवस्थाका छन्, कसले भिरमा फाल्यो, अचम्म छ।’

प्रतिक्रिया दिनुहोस्