नेपाल लोक स्टार अब टप टेनमा



हाल टेलिकास्टमा रहेको टेलिभिजन रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ। यो रियालिटी शो कुल ३६ शृंखला निर्माण गरिनेछ। आप्mनै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढँँचामा ढाली नेपाली ब्रान्डमा बनेको यस शोमा करिब १० करोड रुपियाँ लागत रहेको जनाइएको छ।

लोक स्टारमा ७ प्रदेशका मुख्य शहरहरू धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिसनमा हरेक शहरबाट ५० प्रतियोगी छनोट गरी कुल ३ सय ५० प्रतिस्पर्धी छनोट भएका थिए।

छनोट भएका ३ सय ५० प्रतिस्पर्धीमध्ये १ सय ९ जनाले निर्णायक अडिसन प्रवेश गरे। जसमा निर्णायकहरूले फेरि पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरू छनोट गरेका थिए। एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए।

यस कार्यक्रमको एपिसोड १३ मा फेरि टप १६ छनोट भएका थिए। एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने १७ मा थप २ प्रतिस्पर्धी बाहिरिएका थिए। एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीको यात्रा सफल र≈यो। भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन्।

टप–टेनमा विनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङ्जा), दीपेन्द्र राई (भोजपुर), मुना अर्याल (चितवन), पबिन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशील आचार्य (अर्घाखँँची) रहेका छन्।

प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे एपीवान एचडी र डिसहोम रमाइलोमा प्रसारण भइरहेको आईएमई नेपाल लोक स्टारका विजेतालाई ५० लाख रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ भने द्वितीय हुनेलाई २५ लाख र तृतीय हुनेलाई १० लाख रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ।

साथै तीनै विजेतालाई एल्बमको कन्ट्र्याक्टको व्यवस्था पनि रहेको छ। कार्यक्रममा सुनिता दुलाल, जयनन्द लामा, रामजी खँँड र बीबी अनुरागी निर्णायक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्