राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुने



मानव अधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा आगामी भाद्र २६ देखि २८ गतेसम्म राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुने भएको छ।नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने कन्फ्रेन्समा फिल्म निर्माण, विभिन्न विषयको चित्रण र तिनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्रमाथि छलफल तथा फिल्म क्षेत्रका जल्दाबल्दा विषयमा प्यानल छलफललगायतका कार्यक्रम हुनेछ।

त्यस अवसरमा १ दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने कन्फ्रेन्समा नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेसनल कलेजलगायतको सहआयोजना रहनेछ।

कन्फ्रेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिलाई नेपाली फिल्मका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र फिल्मलाई बौद्धिक क्षेत्रको चासोभित्र पार्न मद्दत पुग्ने विश्वास लिएको बोर्डले जनाएको छ।

फिल्मको गुणस्तर बढाउन यो विधाको महत्व तथा प्रभाव स्थापित गर्दै फिल्मको अध्ययन अनुसन्धान, प्राध्यापन र लेखनमा संलग्न बौद्धिक समुदाय र सबै विधामा कार्यरत फिल्मकर्मीका बीचमा यस कन्फ्रेनसमा विमर्श हुनेछ

प्रतिक्रिया दिनुहोस्