हत्याको धम्की दिने समातिए



काठमाडौं, (नेस)।२० लाख नदिए हत्याको धम्की दिनेलाई मंगलबार बालाजुबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँबजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

कँडेलले भदौ १३ गते महिलालाई चिठ्ठी पठाएर २० लाख रुपियाँ माग गरेको, यदि पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएको प्रहरीले जनाएको छ।

मंगलबारको मिति दिँदै बालाजुको पुलनजिक आएर पैसा दिन चिठ्ठीमा भनिएको थियो। सोही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनले नेत्रविक्रम चन्दको नाम लिएर धम्क्याउँदै आएको खुल्न आएको छ।

 

प्रतिक्रिया दिनुहोस्