धनुषामा प्रहरीद्धारा हवाइ फाएर



धनुषा । धनुषाको मुखियापट्टी मुसहर्निया-५ मा गाउँलेहरु र प्रहरीबीच विवाद चर्कदै गएको छ । गाउँलेको भिड नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।

गाउँमै मोटरसाइकल चोरी गर्नेलाई गाउँलेले भगाउन खोजेपछि विवाद बढेको थियो । मोटरसाइकल चोरी गर्ने गिरोहलाई समाउन सदा पोसाकमा विशेष प्रहरी खटिएको थियो ।

गाउँलेहरुको भीडले प्रहरी टोलीलाई झुक्याउँदै चोरलाई भगाएको बताइएको छ । चोरीको मोटरसाइकल खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली यहाँ खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्