८ लाख भारुसहित वीरगञ्जबाट २ जना पक्राउ



वीरगञ्ज । ८ लाख अवैध भारतीय रुपैयाँसहित मंगलबार सशस्त्र प्रहरीले वीरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-६ का ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज–१० का ३३ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन् ।

सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले ८ लाख ८ हजार २ सय ७२ रुपैयाँ अवैध भारतीय रुपैयाँ सहित उनिहरुलाई गरेको हो ।

ना ९ प १४८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गर्दा शरीर र हेल्मेटमा भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन

रकम र मोटरसाईकल सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्