सुकुम्वासीको नाममा हुकुम्वासीलाई जग्गाको लालपुर्जा



लहान, १७ भदौ । जग्गाको लालपुर्जा सुकुम्वासीको नाममा आज पनि हुकुम्वासीलाई प्रोत्साहन दिने गरेको छ । प्रदेश २ का अर्थ मामिला तथा योजना मन्त्री विजय यादवले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा सुकुम्बासीलाई दिनुपर्ने बताउँनुभयो । सिरहाको भगवानपुरमा भदौ १५ गते नेपाल बसोबास वस्ती संरक्षण समाजको बार्षिकोत्सवमा मन्त्री यादवले अधिकार पाउँनको लागि सँघर्ष कसैले गरिदिइदैन् आफै अगाडि आउँनुपर्छ । यसको लागि सुकुम्वासीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने जरुरी रहेको बताउँनुभयो ।

प्रदेश २ सरकारले सामूहिक खेतीको लागि बजेट विनियोजित गरेको छ । २० विघा भन्दाबढी खेतीको शुरुवात गरियो भने डिपबोर्डिगँ, कृषि उपकरणको व्यवस्था गरिएको मन्त्री यादवले बताउँनुभयो ।

कृषि उत्पादनको लागि १० विघाको एक समूह बनाएर सामुहिक खेती गरियो भने मलखाद्यको लागि प्रदेश २ सरकारले एक लाख रुपैयाँ उपलब्ध गराउँने प्रावधान ल्याएको मन्त्री यादवले बताउँनुभयो ।

मन्त्री यादवले आज पनि ९९ प्रतिशत मुसहरको लालपुर्जा छैन । कसले दिने रु उनीहरु जिमिन्दारको जग्गामा बस्दै आएका छन् । त्यो जग्गा मुसहरहरुले संरक्षण गर्दै आएको छ । त्यसैले बस्दै आएको जग्गाको लालपुर्जा उनीहरुलाई दिनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री राजलाल यादव, नेपाल बसोवास वस्ती सँरक्षण समाजका महासचिव कुमार कार्की, नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ता, बसोवास वस्तीका प्रदेश २ का अध्यक्ष सुभेन्द्र दास, बसोवास वस्तीका सिरहा अध्यक्ष मुकेश्वरलाल कर्णलगायतले सुकुम्वासीलाई जुन जमिनमा दश बर्षदेखि वस्दै आएको छ त्यही जग्गाको सुकुृम्वासीलाई लालपुर्जा दिने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्